निर्मला पन्तका बुवाले सुरु गरे धर्ना, प्रशासनको पहलमा छलफल

निर्मला पन्तका आमाबुबा।

कञ्चनपुर – बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले छोरीको न्यायका लागि धर्ना सुरु गरेका छन् ।

उनले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको परिसरमा परिवारसहित आइतबार बिहानदेखि धर्ना सुरु गरेका हुन् । निर्मलाका बुवा पन्तले तिहारअघि पत्रकार सम्मेलन गरेर न्यायका लागि ठोस पहल नभएमा धर्नामा बस्ने घोषणा गरेका थिए ।

पन्तले धर्ना सुरु गरेपछि अहिले प्रमुख जिल्ला अधिकारीले छलफलका लागि बोलाएका छन् । अहिले पन्तसहितका अधिकारकर्मी र सरकारी पक्षबिच वार्ता भइरहेको छ । धर्नाबाट पनि न्याय नपाए आमरण अनशन बस्ने यज्ञराज पन्तले बताइसकेका छन् ।

कात्तिक २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्