महालक्ष्मी विकास बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेड र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ।

बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकलाई एकद्वार सेवा प्रणाली स्वरुप बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्ससम्बन्धी सम्झौता गरिएको जनाएको छ।

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकासुरेन्सको सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन्।

कात्तिक २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्