राजन भट्टराई नयाँ विदेश नीति सल्लाहकार, क्याबिनेट मन्त्री सरहको हैसियत

राजन भट्टराई। फाइल फोटो।

काठमाडौँ – डा. राजन भट्टराईलाई सरकारले क्याबिनेट मन्त्रीको हैसियतसहित विदेश नीति सल्लाहकार (फरेन पोलिसी एड्भाइजर) को जिम्मेवारी दिने तयारी गरेको छ ।

फरेन पोलिसी एड्भाइजरको पद सिर्जना र उनको नियुक्ति बारे अनौपचारिक रुपमा निर्णय भइसकेको र छिट्टै त्यसलाई औपचारिकता दिइने उच्च सरकारी स्रोतले देश सञ्चारलाई बतायो ।

डा. भट्टराई यसअघि प्रधानमन्त्रीका वैदेशिक सल्लाहकार र नेपाल–भारत सम्बन्धको समीक्षा, अध्ययन र त्यसलाई सुद्धृढ गराउने बारे अध्ययन र सिफारिस गर्न गठित प्रबुद्ध समूहको सदस्य पनि थिए ।

प्रधानमन्त्रीका सल्लाहकार सँगसँगै नेपाली सेना लगायत सुरक्षा क्षेत्रको सुधारका लागि पश्चिमा दातृ निकायहरुसँग सहकार्यको कार्य गरेको एक गैरसरकारी संस्था (एनजिओ) को नेतृत्व समानान्तर रुपमा गरेकोमा उनी आलोचित पनि भएका थिए ।

कात्तिक २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्