छत्तीसगढका नक्सल प्रभावित ८ जिल्लामा मतदान हुँदै

भारतको छत्तीसगढमा विधानसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान सोमबार भइरहेको छ । नक्सलवादीको प्रभाव रहेका ८ जिल्लामा सोमाबार मतदान भइरहेको छ ।

मतदाताले छत्तीसगढका मुख्यमन्त्री रमन सिंहसहित १९० जना उम्मेदवार चुनावी मैदानमा छन् । सबै जिल्लामा चुनाव शान्तपूर्ण बनाउनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनावी सुरक्षाका लागि एक लाख २५ हजारको हाराहारीमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

चुनावअघि कांग्रेसलाई गम्भीर झड्का लागेको छ । पार्टीको राज्य इकाइका उपाध्यक्ष घनाराम साहूले राजीनामा दिएका छन् । उनले प्रदेशका अध्यक्ष भूपेश बघेलमाथि मानसिक उत्पीडन गरेको आरोप लगाएका छन् ।

कात्तिक २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्