सरकारका निर्णय सार्वजनिक गर्न प्रत्येक हप्ता अन्तरक्रिया गरिने

काठमाडौँ – सरकारले आफ्ना निर्णय सार्वजनिक गर्न प्रत्येक हप्ता पत्रकारसँग अन्तरक्रिया गर्ने तयारी गरेको छ । सोमबार सबेको मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले निर्णय नयाँ ढंगले सार्वजनिक गर्ने बताउँदै वास्तविक निर्णय लुकाएका थिए ।

मन्त्री बास्कोटाको ‘ओठे र गैर जिम्मेवारपूर्ण’ अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्द अर्यालले अन्तरक्रियामार्फत मन्त्री परिषद्का निर्णय बाहिर ल्याउने तयारी भइरहेको जनाएका हुन् ।

अन्तरक्रिया सम्भवतः हरेक बिहीबार हुने गरी तयारी भइरहेको उनले बताए । उनले भने, ‘सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो ।’

कात्तिक २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्