सामसुङको दुई वटा डिस्प्ले र पट्याउन मिल्‍ने स्मार्टफोन सार्वजनिक

एजेन्सी- दक्षिण कोरियन टेक्नोलोजी कम्पनी सामसुङले दुई वटा डिस्प्ले र डुअल रियर क्‍यामेरा भएको प्रिमियम फ्लिप स्मार्टफोन सामसङ डब्लू२०१९ सार्वजनिक गरेको छ। पट्‍याउन मिल्‍ने डिसप्ले रहेको यो स्मार्टफोनमा हाइ एण्ड क्लेमसेल क्वाल्कम स्न्‍यापड्रैगन ८४५ प्रोसेर रहेको छ।

यो स्मार्टफोनको डिजान पछिल्लो पटक ल्‍याएको डब्लू सिरिजको जस्तो रहेको छ,जसमा प्रिमियम मेटेरियल प्रयोग गरिएको छ भने हिरा र धातुको सिसा प्रयोग गरिएको छ। साथै यसमा एउटा टी9 फिजिकल कीबोर्ड राखएको छ।

एन्ड्रोइड ८.1 ओरियो (Oreo)मा आधारित रहेर यो स्मार्टफोन चल्‍ने कम्पनीले जनाएको छ, जसमा ४.२ इन्चको दुइ वटा फुल एचडी सुपर एमोलेड डिस्प्ल राखिएको छ। यसको एस्पेक्ट अनुपात १६: ९ रहेको छ।त्यतिमात्रै होइन क्वाल्कम स्न्यापड्रेगन ८४५ अक्टाकोर प्रोसेसरसँगै ६ जीबीको र्‍याम समेत उपलब्ध गराइएको छ।

त्यस्तै फोटोग्राफिको लागि पनि यो स्मार्टफोन त्‍यतिकै उपयोगी हुने बताइएको छ। दुई वटा लेन्स जसको १२ मेगापिक्सल क्‍यामेरा रहेको छ। साथै एउटामा
टेलिफोटो लेन्स लिएको छ जसमा २x अप्टिकल जूम समावेश छ भने सेल्फीको लागि भने ८ मेगापिक्‍सेलको फ्रन्ट क्‍यामेरा जडान गरिएको छ।

यसका साथै स्मार्टफोनको साइडमा फिंगरप्रिन्ट क्‍यानर समेत राखिएको छ। ३०७० एमएएच क्षमता ब्‍याट्री रहेको यो स्मार्ट फोनमा ६जीबी र्‍यामका साथमा दुई वटा इन्टर्नल मेमोरी राख्‍न मिल्‍ने गरी १२८ जीबी र २५६ जीबी सुविधा दिइएको छ। माइक्रो एसडी कार्डको मा्‍यमबाट यसलाई उपभोक्ताले बढाउन सक्छ। यस्तै आर्टिफिसियल इन्टेलिजेन्स समेत यो स्मार्टफोनमा राखिएको छ। तर यसमा हेडफोन भने राखिएको छैन।

यस्तै कनेक्टीभिटीको लागि भने स्मार्टफोनमा फोरजी एलटीइ, वाइफाइ ब्लूटूथ, यूएसबी लगायतकाका फिचर्सहरु उपलब्ध छ। कम्पनीका अनुसार यो स्मार्ट फोनको ब्‍याट्री चार्जमा २८० घण्टासम्म टिकिरहनेछ।

कात्तिक २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्