कामना सेवा विकास बैंकले मनायो १२औ वार्षिक उत्सव

दाङ-कामना सेवा विकास बैंकले आफ्‍नो १२औ वार्षिकत्सव दाङको लमहीमा बनाएको छ।

बैंकले लमही शाखामा कार्यक्रमको आयोजना गरी मनाएको हो।

देशभर ६० वटा शाखा रहेको कामना सेवा विकास बैंकको वार्षिक उत्सवमा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले केक काटेर उद्‌घाटन गरेका थिए।

लमही शाखाका प्रमुख सुवास अधिकारीका अनुसार यस बैंकको चुक्ता पुँजी २ अरब ५० करोड रहेको छ।

देशभर ६० वटा शाखा रहेको बैंकले यस बर्ष थप २० वटा शाखा स्थापना गर्ने योजना बनाएको छ।

कात्तिक २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्