छाडा पुश चौपायाले १० कठ्ठामा लागाइएको हिउँदे मकै खाएर सखाप पारे

दाङ- दश कट्ठा जग्गामा लगएको हिउँदे मकै छाडा पशु चौपायाले खाएर सखाप पारेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन–मकै कार्यक्रमबाट प्रविधि प्रदर्शन तथा सिकाई केन्द्र मार्फत गढवा गाउँपालिका वडा नं. ६ वालाखुट्टीमा लगाइएको हिउँदे मकै छाडा पशु चौपायाले खाएर सखाप पारेको कृषि अधिकृत पिताम्बर बस्नेतले जानकारी दिए।

‘उन्नत तरिकाले मकै रोपिएको थियो। तर, छाडा पशु चौपायाले खाएर सखाप पारे’बस्नेतले भने–‘छाडा पशु चौपायाका कारण किसानहरुलाई ठुलो नोक्सान भयो।’

प्रदेश ५ को दाङ, बाँके, बर्दिया लगायत अन्य जिल्लामा छाडा पशु चौपायाले किसानले लगाएको अन्नबालि, तरकारीबालि खाईदिएर हैरान बनाएका छन्। स्थानिय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न नसक्दा चौतर्फी समस्या सृजना भैरहेको छ।

कात्तिक २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्