तराई–मधेशको रक्षा गर्न चुरे संरक्षणमा ध्यान दिनुपर्छः पूर्व राष्ट्रपति

पूर्वराष्ट्रपति डा. रामवरण यादव। फाइल तस्बिर।

काठमाडौँ – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले तराई मधेशको रक्षाका लागि चुरे संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताएका छन्।

सप्तरीको तिलाठी कोइलाडीमा न्यूज २४ टेलिभिजनले निर्माण गरेको मुशहर वस्ती हस्तान्तरण कार्यक्रममा यादवले चुरे संरक्षण आवश्यक रहेको उल्लेख गरेका हुन्।

यादवले चुरे दोहनकै कारण तिलाठी–कोइलाडी जस्ता तराई–मधेशका ठाउँ डुबानमा पर्ने गरेको बताएका छन्। चुरे संरक्षण अभियानमा विशेष चासो राख्दै आएका यादवले यसका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताए।

पूर्व राष्ट्रपति यादवले मुलुक निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्। सञ्चारमाध्यम लोकतन्त्रको लागि अक्सिजन भएको पनि उनको भनाइ थियो।

मुशहर वस्तीको शिलालेखको अनावरण र वस्तीबासीलाई साँचो हस्तान्तरण गर्दै पूर्व राष्ट्रपति यादवले न्यूज २४ टेलिभिजनले सराहनीय कार्य गरेको भन्दै प्रशंसा गरे। वस्ती हस्तान्तरणपछि पूर्व राष्ट्रपति यादवले मुशहर वस्तीको अवलोकन गरेका थिए।

कात्तिक २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्