
सडक अवरुद्ध गरेर प्रदर्शन गर्दै स्थानीय।
दाङ – दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीय बासिन्दाले घोराही–तुलसीपुर सडक खण्ड अवरुद्ध पारेका छन्।
घोराही–तुलसीपुर सडकखण्डको सर्रामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको थियो।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा१क ५८२ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको रा३प ८०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ सानीअम्बापुरका २९ वर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको हो।
खत्री मोटरसाइकलमा सवार थिए। मोटरसाइकल चालक सानीअम्बापुरकै बसन्त गिरी घाइते भएका छन्। गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। ठक्कर दिने टियर र चालकलाई प्रहरी चौकी सर्राले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।