२३८ शहरबाट दुई शहर छानिए अमेजनको नयाँ हेडक्वाटरका लागि

अमेजनले अमेरिकाका दुई शहरमा आफ्ना दुई नयाँ हेडक्वाटर बनाउने भएको छ । अमेजन डट कमले न्युयोर्क सिटी र नर्दन भर्जिनियामा नयाँ हेडक्वाटर बनाउने घोषणा गरेको हो ।

अमेजनले १४ महिना लामो अभियानपछि दुई शहर छनौट गरेको छ । अमेजनले १४ महिनाअघि दोस्रो हेडक्वाटरका लागि उपयुक्त स्थानको खोजीमा रहेको भन्दै त्यसका लागि दाबी पेस गर्न आह्वान गरेको थियो ।

२३८ शहरले दाबी पेस गरेकोमा अमेजनले न्युयोर्क सिटी र नर्दन भर्जिनियालाई छनौट गरेको हो । यस्तै नेशभिलाबाट हुने कामलाई बिस्तार गर्ने भएको छ । यी तीन स्थानमा बन्ने नयाँ कार्यालयहरुबाट आउँदो दुई दशकमा ५५ हजार भन्दा बढीका लागि रोजगारी सिर्जना गर्नेछ ।

अमेजनले पाँच बिलियन भन्दा बढी लगानी गर्ने जनाएको छ । न्युयोर्क र एयरलिङ्गटनमा मात्रै २५ हजार भन्दा बढी ‘हाइपेइङ्ग जब’ सिर्जना गर्नेछ ।

कात्तिक २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्