रिंग सेरेमनीमा रणवीरको टाइट हग, रोइन् दीपिका पादुकोण

बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको विवाह समारोह सुरु भएको छ । १३ नोभेम्बरमा उनीहरुको संगीत सेरेमनी सम्पन्न भयो । आज अर्थात १४-१५ नोभेम्बरमा उनीहरुको विवाह भइरहेको छ इटालीको लेक कोमोमा ।

रिपोर्टका अनुसार सोमवार उनीहरुले पारम्परिक कोकणी रीति रिवाजमा सगाई गरेका छन् भने सोही परम्परा अनुसार आज विवाह भइरहेको छ।

यो अवसरमा दीपिका र रणवीर सुन्दर र शानदार देखिएका छन् । प्राप्त खबर अनुसार सगाई समारोहमा जब दुवैजनाले औँठी साटासाट गरे त्यतीबेला दीपिका इमोशनल भइन् । उनको आँखाबाट आँशु झरेको थियो ।

यो दृष्य देखेर त्यहा रहेका पाहुनाहरु पनि इमोशनल भएका थिए ।

डेक्कन क्रानिकलको रिपोर्ट अनुसार जब दुवैजनाले औँठी साटासाट गरे त्यस समयमा रणवीरले दीपिकाका लागि इमोशनल स्पीच दिएर माया दर्साएका थिए ।

रिंग सेरेमनीमा रणवीरले दीपिकाको नजिक गएर केही कुरा भने त्यो सुनेर दीपिका इमोशनल भएकी हुन् । दीपिका इमोशनल भएपछि रणवीरले उनको हिम्मत बढाए र आफ्नो लभलेडीलाई टाइट हग गरे ।

त्यस अवसरमा दीपिकाका बुवा प्रकाश पादुकोणले रणवीर सिंहलाई नरिवल दिएर औपचारिक स्वागत गरेका थिए ।

कात्तिक २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्