किन ढाँटे मुख्यमन्त्री राईले?

मुख्यमन्त्री शेरधन राई।

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दुई सातायता विवादमा छन्। उपचार गर्न थाइल्यान्ड जान्छु भनी अमेरिका पुगेका मुख्यमन्त्री राईले सरकारको स्वीकृतिबिनै विदेशयात्रा गरेको भनी आलोचना भएको छ।

उता आफूले नै आयोजना गरेको छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बुधबार दिउँसो सहभागी नभएर मुख्यमन्त्री राईले सहभागीहरुलाई खल्लो महसुस गराएका छन्। यद्यपि उनले केही घन्टाअघि अमेरिकाबाट फर्कने क्रममा आफू केही घन्टामै विराटनगर जाने बताएका थिए।

उनी श्री एयरलाइन्सको उडानबाट विराटनगर फर्कने र त्यहाँ आयोजित छठ कार्यक्रममा सहभागी हुने भनिएको थियो। मुख्यमन्त्री राईका सहयोगीले भने उडान ढिला भएका कारण राई बिहीबारमात्र फर्कने जानकारी गराएका छन्।

मुख्यमन्त्री राईले अमेरिका भ्रमणका लागि सरकारको अनुमति दिएको दाबी पनि बुधबार विमानस्थलमा बताएका थिए।

कात्तिक २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्