नेपालगञ्ज – नेपालगञ्जको पुष्पलालचोकमा शंकास्पद बस्तु भेटिएको छ ।

बिहीबार बिहान नौ बजेतिर पुष्पलालको शालिकमुनि प्लाष्टिकको झोला भेटिएपछि बमको आशंका गरिएको हो । चोकैमा रहेको होटल एभरेष्टमा अज्ञात व्यक्तिले फोन गरेर ‘चोकमा बम रहेकाले बचेर बस्नुहोला’ भनेका थिए ।

होटलको ०८१–५२०९५८ नम्बरमा ९८६४७१६५२० नम्बरबाट चोकमा बम रहेको भन्दै फोन आएको थियो । त्यसपछि चोकमा रहेको प्रहरीलाई खबर गरियो ।

शालिकमुनि नै प्लाष्टिकको झोलाभित्र शंकास्पद बस्तु देखिएपछि प्रहरीले आसपासमा जान दिएको छैन । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टको टोली घटनास्थलमा पुगेर चोकलाई घेरामा राखेको छ ।

प्रहरीले नेपाली सेनालाई खबर गरिसकेको छ । सेना आएर बम हो कि होइन या बम भए निस्क्रिय पार्ने प्रहरीले जनाएको छ । पुष्पलालचोक नेपालगञ्जको व्यस्त बजारमा रहेको चोक हो । यहि चोक भएर बसपार्क, कोहलपुर र नेपालगञ्ज बजारभित्र जानु पर्छ ।

कात्तिक २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्