घुससहित समातिएका डीएसपी राईलाई छाड्न आदेश

काठमाडौं – घुससहित पक्राउ परेका डीएसपी श्याम राईलाई छाड्न विषेश अदालतले आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एक लाख ४० हजार रुपैयाँ बिगो दावी गर्दै अदालतमा मुद्धा दायर गरेको थियो। अख्तियारले गत असोज २० गते   बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो।

घुस बराबरको रकम धरौटी मागेर राईलाई छाड्न आदेश दिईएको हो।

 

कात्तिक २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्