गण्डकी प्रदेश र चीनको हाईनान प्रान्तबीच मितेरी सम्बन्ध हुने

पोखरा – विकासमा अग्रसर रहेको चीनको हाईनान प्रान्त र गण्डकी प्रदेशबीच शुक्रबार मितेरी सम्बन्ध स्थापित हुने भएको छ ।

हाईनान चीनमा सबैभन्दा तीव्र्र विकास गर्ने प्रान्तको रुपमा चिनिन्छ । भर्खर मात्रै संघीय संरचनाको अभ्यास रहेको नेपालमा दुई देशबीचको मितेरी सम्बन्धले गण्डकीको प्राविधिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार र वाणिज्य तथा सांस्कृतिक क्षेत्रमा सहयोग गर्ने विश्वास गरिएको छ ।

गण्डकी प्रदेशका मुख्य मन्त्री सहितको टोलिले असोज ९ गते हाईनान प्रान्तको भ्रमण गरेका थिए ।

हाईनान प्रदेश जनकाँग्रेसका स्थायी कमिटिका उपप्रमुखको नेतृत्वमा ६ सदस्यीय सरकारी टोली आज पोखरा आउँदैछन् । यो टोलीमा प्राविधिक इन्ष्टिच्युटका प्रमुख, सोलार, ऊर्जा, सामाजिक तथा व्यवसायिक विज्ञ व्यक्तिसहित १५ जनाको चिनियाँ टोली रहेका छन् ।

दुई प्रान्तबीच हुने समझदारी पत्र नेपाली, अंग्रेजी र चाइनीज भाषामा तयार पारिएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले जानकारी दिए ।

उनका अनुसार हाईनान प्रान्तका डेपुटि गर्भनर छु जुनको नेतृत्वमा ६ सदस्यीय स्टाण्डीङ कमिटिका छुुज १५ सदस्यीय चिनियाँ टोली पोखरा आइपुगेका छन् ।

हाईनान टोलीसँग गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गर्नेछिन् । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पुनलाई सरकारको तर्फबाट प्रतिनिधि तोकेको हो ।
यसबाहेक टेक्निकल ईन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिमा त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढाउने सहमति पनि हुने सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
यो सम्झौतापछि हाईनानले गण्डकी प्रदेशबाट वार्षिक ४ जनाको दरले आगामी ५ वर्षसम्म २० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउनेछ ।

प्रदेशसँगै पोखरा महानगर र हाईकाओ शहरबीच पनि भगिनी सम्बन्ध गाँसिनेछ । यसपछि सौर्य ऊर्जा अवलोकनको लागि चिनियाँ टोली मुस्ताङ जानेछ । उनीहरुले त्यहाँ उर्जाको विषयमा प्रारम्भिक अध्ययन गर्नेछन् ।

कात्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्