नवलपरासीमा पेस्तोलसहित एकजना पक्राउ

सांकेतिक तस्बिर

परासी – पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पाल्हीनन्दन–३ बेलाशपुरबाट गएराति इलाका प्रहरी कार्यालय अमानीगञ्जबाट खटिएको प्रहरी टोलीले मेलु मुसलमान भन्ने जमालुद्दिन नाउलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा नाउको कोठा खानतलासी गर्दा पेस्तोल भेटिएपछि उनलाई नियन्त्रणमा लिएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार सोधपुछ भइरहेकाले थप विवरण आउन बाँकी छ ।

कात्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्