राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएपछि राप्रपाको विरोध

काठमाडौँ – इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई सरकारले फिर्ता बोलाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आज विज्ञप्ति निकाल्दै यो घटनाप्रति पार्टीले विरोध जनाएको उल्लेख गरेका छन् ।

‘नेपाल सरकारको हालै बसेको मन्त्रिपरिषद बैठकले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको निर्णयप्रति राप्रपाको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ । लामो राजनीतिक र कुटनैतिक अनुभव संगालेका थापालाई राजदूत पदबाट फिर्ता बोलाउनुको कारण सरकारले प्रष्ट पारेको छैन । बिना मापदण्ड राजदूत फिर्ता र नियुक्तिले कुटनीतिक असन्तुलन कायम हुने प्रष्ट छ, सरकारको दम्भपूर्ण यो निर्णयको राप्रपा विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कात्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्