प्रहरी जवानमाथि खुकुरी प्रहार, बञ्चरो र खुर्पासहित तीनजना पक्राउ

सांकेतिक तस्बिर।

दाङ–पश्चिम दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ ।

खुकरी प्रहारबाट इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वली सहित स्थानिय पुतली रोका र विशाल रोका पनि घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी प्रहरी जवान वलीको टाउकोमा ८ वटा टाका लगाइएको जानकारी दिए ।

यस्तै पुतली र विशाललाई सामान्य चोट लागेको छ ।

खुकुरी प्रहार गरेको आरोपमा शान्तिनगर गाउँपालिका २ अमुवा निवासी २५ वर्षका चन्द्र भन्ने जीवन परीयार, सोही ठाउँ निवासी २० वर्षका नैनसिंह नेपाली, २२ वर्षका सुकलाल नेपाली र १६ वर्षका वीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आरोपीको साथबाट खुकुरी, बञ्चरो, खुर्पा लगाएतका घरेलु हतियार बरामद गरिएको छ ।

प्रहरीले आरोपीलाई ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

कात्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्