एनएमबी बैंकले तीन महिनामा ५५ करोड नाफा कमायो

काठमाडौं- एनएमबी बैंकले पहिलो तीन महिनामा ५५ करोड रुपैँया खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

बैंकले शुक्रबार आ.व. २०७५-७६ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दै सो जानकारी दिएको हो।

त्रैमासिक विवरण अअनुसार बैंकको निक्षेप रु.८५.८३ अर्ब पुगेको छ भने कर्जा रु.८२.७८ अर्ब पुगेको छ।

यस्तै गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा रु.१३.८ अर्ब तथा कर्जामा रु.१९.३ अर्ब वृद्धि भएको छ भने यस त्रैमासमा बचत निक्षेपमा रु.२.२४ अर्बले बृद्धि भएको छ।

एनएमबि बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र हालसम्मकै एकमात्र बैंक भएको छ।

उपरोक्त उपलब्धीहरुबाट बैकले प्रति शेयर आम्दानी रु.२६.६४ र प्रति शेयर नेटवर्थ रु.१९९.७५ कायम राख्न सफल भएको छ।

हाल एनएमबि बैंकको ११० वटा शाखा, ४ वटा एक्सटेन्सन काउण्टर र ९७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ।

कात्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्