केरलको सबरीमाला मन्दिरमा प्रवेश गर्न गएकी महिला एयरपोर्टमै फसिन्

एजेन्सी- ८ सय वर्ष पुरानो भारतको चर्चित हिन्दु मन्दिर सबरीमालामा महिलालाई प्रवेश गर्न सर्वोच्च अदालतले फैसला गरिदिएपछि महिला अधिकारकर्मी एवं सामाजिक अभियन्ता तृप्ति देसाइ त्‍यहाँ पुग्‍ने यात्रामा निस्किए पनि विमानस्थलको बाटो बन्द भभएपछि उनी बाटोमै अलपत्र परेकी छन्।

आफ्नो समर्थकको साथ सबरीमाला मन्दिरमा प्रवेशका लागि हिडेकी उनी विमानस्थलमा बाटो बन्द भएपछि त्‍यहाँ पुग्‍न नसकेकी हुन।

तृप्ती तथा उनका महिला सहकर्मीहरु शुक्रबार ४: ३० बजेसम्‍म विमानस्थलमै पुगेकी थिइन्। तर त्‍यहाबाट सबरीमाला मन्दिर जाने कुनै पनि सवारी साधन उपलब्ध थिएन। त्‍यहाँ भाडाको ट्‍याक्सी पनि चलेको थिएन।

उनले बीबीसीसँग भनेकी छिन्, ‘ ट्‍याक्सीवालालाई हामी आएको भनेर डर थियो। हामीलाई ट्‍याक्सीमा चढाए हिन्दुबादीहरुले ट्‍याक्सीमा क्षति पुर्‍याउनेछ। यसले उनीहरु ट्‍याक्सी नै चलाउन छाडिदिए।

सर्वोच्च अदालत आदेशमा पुनर्विचार गर्न तैयार

केरलमा रहेको सबरीमाला मन्दिको ढोकामा शुक्रबार साँझ ५ बजेबाट खुल्छ। यसका साथै मन्दिरमा ६४ दिनसम्‍म दर्शनका लागि उत्तम समय सुरु हुन्छ। तृप्ति देसाइ पहिले पनि महाराष्ट्रको सिंगापुर मन्दिरमा महिलाहरुको तर्फबाट प्रवेश गरेर सफल भइसकेकी छिन्। त्‍यहाँ पनि उनलाई रोक्‍ने धेरै कोशिस गरिएको थियो। तर उनले आफ्‍नो समर्थकको साथमा मन्दिरमा प्रवेश गरेकी थिइन्।

यता, सबरीमाला मन्दिरमा प्रवेश गर्नबाट त्‍यहाँका श्रद्धालुहरु र पूजारी आयप्पा ब्रम्हचारीले रोकिरहेका छन्। उनले महिनावारी भएका महिलाले यो मन्दिरमा प्रवेश पाउन नहुने बताउँदै आएका छन्। परम्परा अनुसार मासिकश्राव महिलाले प्रेवेश गरेमा उनको अभिशाप हुने बताउँदै आएका छन्। तर सर्वोच्‍च अदालतले २८ सेप्टेम्बरमा महिलालाई प्रवेश गर्ने अनुमति दिएको थियो। तर पनि अहिले सर्वोच्च अदालत उक्त अनुमतिमा पुनर्विचार गर्न तयार रहेको छ।

सबरीमालामा प्रवेश गर्न ८ सय महलाको रजिस्ट्रेशन


तृप्तिसँगै करीब ८ सय मिहलाहरु सबरीमाला मन्दिरमा प्रवेशका लागि रजिस्ट्रेशन गराएका छन्। उनीहरुलाई सुरक्षा प्रदानका लागि करीब १५० प्रहरी समेत खटिएका छन्। तर तृप्तिले प्रहरी सुरक्षा नलिने बताएकी छिन्। उनले भनेकी छिन्, ‘ हामीलाई प्रहरीको कुनै पनि विशेष सुरक्षा फौज चाहिँदैन।हामी आफै मन्दिरसम्‍म पुग्‍ने हिम्‍मत राख्छौ।’

तर सामाजिक सञ्‍जालमा भने तृप्तिलाई चर्को आलोचना गर्नेहरु पनि धेरै देखिउका छन् जसमा सबैले उनलाई सबरीमाला मन्दिरबाट फर्किएर जिउँदो नआउने चेतावनी दिएका छन्। आलोचकहरुले महिलाले सबरीमाला मन्दिरमा जबर्जस्ती गर्न नहुने र यदि गरिएमा उसको अस्तित्व कहेी पनि नरहने धम्की दिएका छन्।
तृप्तिसँग सहभागी हुने महिलाहरु प्राय ५० भन्दा कम उमेर समूहका छन्।

कात्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्