अपराध नियन्त्रण गर्न महानगरपालिका र प्रहरीबीच सम्झौता

मोरङ- अपराध नियन्त्रण र समाजमा शान्ति सुरक्षाका लागि सहयोग आदानप्रदान गर्न विराटनगर महानगरपालिका र प्रदेश एक प्रहरी कार्यालय विराटनगरबीच सम्झौता भएको छ।

विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाका प्रमुख भीम पराजुली र प्रदेश एकका प्रमुख प्रहरी महानिरिक्षक केदार रिजालबीच समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समझदारी पत्रमा हस्ताक्षर भएको हो।

सोही क्रममा महानगरप्रमुख पराजुलीले समाजमा अपराधनियन्त्रण र शान्तिसुरक्षा कायम गर्ने गराउने सवालमा प्रहरीले जुनसुकै सहयोग गर्न पनि तयार रहेको प्रस्टाए। त्यसैगरि, समझदारी पत्रमार्फत अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने विषयमा सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ।

शान्ति सुरक्षा र अमनचयन राख्नका लागि सुरक्षा निकाय, स्थानीय तह, विभिन्न संघ संस्थाहरु र सरोकारवालाहरुको साझा सहभागिता र सहकार्यलाई गतिदिने उदेश्य लिएको प्रमुख प्रहरी निरिक्षक रिजालले बताए।

कात्तिक ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्