ट्रम्पले तयार पारे रुसी दखल सम्बन्धमा सोधिएका प्रश्नमा आफ्नो उत्तर

दुई वर्षअघिको राष्ट्रपति चुनावमा भएको भनिएको रुसी दखलका बारेमा जारी अनुसन्धानको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जवाफ दिने क्रम सकिएको बताएका छन् ।

सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले ट्रम्पलाई सहयोग हुने गरी दखल दिएको आरोप छ । विशेष काउन्सिल रोबर्ट मुलरको नेतृत्वमा अनुसन्धान भइरहेको छ । यस क्रममा मुलरको कमिटिले राष्ट्रपति ट्रम्पसँग पनि सोधपुछ गरेको हो ।

ट्रम्पले पत्रकारसँग आफूले व्यक्तिगत रुपमा नै प्रश्नहरुको उत्तर दिएको र त्यो निकै सहज रहेको बताएका छन् । आफ्ना उत्तरहरु मुलरको टिम समक्ष प्रस्तुत गर्न बाँकी रहेको ट्रम्पले बताएका छन् ।

चुनावी दखल तथा ट्रम्पको चुनावी प्रचार अभियान र रुसीबिचको आरोपित साँठगाँठबारे मुलरको टिमले अनुसन्धान गरिरहेको हो । ट्रम्पले रुससँग आफ्नो कुनै साँठगाँठ नरहेको र चनावी दखलको आरोपमा भइरहेको अनुसन्धान ‘विच हन्ट’ मात्रै रहेको बताउँदै आएका छन् ।

मंसिर १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्