प्रियंका र निक जोनसको विवाह गर्ने महल कति महंगो?

अहिले बलिउडका फ्यानहरुलाई सेलेब्रेटीको विवाह हेर्ने नसा लागेको छ। किनभने बलिउडका सेलिब्रेटीहरु धमाधम विवाह गर्दैछन्। बलिउडका हस्ती दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहलाई एकदमै व्यक्तिगत बनाए।

अहिलेसम्म विवाहको जम्मा दुईवटा तस्बिरमात्र सार्वजनिक भएका छन्। फ्यानले यो विवाहको ह्याङ्ग ओभर सकिन नपाउँदै अर्को विवाह हेर्न पाउने छन्। बलिउडकी अभिनेत्री प्रियंका चोपडा र अमेरिकी संगीतकर्मी निक जोनसको डिसेम्बर २ मा जोधपुरको ताज उम्मेद भवनमा हुँदैछ। तर जोडिले विवाहको आधिकारिक मिति भने सार्वजनिक गरेका छैनन्।

अभिनेत्री प्रियंका हलिउडमा काम गरिहेकी छन्। निक पनि हलिउडमा व्यस्त छन्। तर यो जोडीले भारतीय संस्कृति अनुसार विवाह गर्ने निर्णय गरेका छन्।

यो जोडीले विवाह गर्न लागेको उम्मेद भवनमा एक रात विताएको ६० हजार डलर लाग्ने खबरहरु सार्वजनिक भइरहेका छन्। यो मूल्यलाई भारतीय रकममा रुपान्तरण गर्दा ४३ लाख भारु हुन आउँछ। यदि खर्चको खबर सहि हो भने प्रियंकाको विवाहलाई भव्य भारतीय विवाह भन्न सकिन्छ।

निक जोनस र प्रियंकाको रोका गएको अगस्टमा मुम्बईमा भएको गियो। केही दिन अगाडिमात्र न्यूयोर्कमा प्रियंकाको ब्राइडल सावर गरिएको खबर सार्वजनिक भएको थियो। यस्तै निक जोनस पनि ब्याचलर पार्टिमा गएका थिए।

खबरका अनुसार प्रियंका अहिले ‘द स्काई इज पिंक’ चलचित्रको सुटिङ्गको लागि दिल्लीमा व्यस्त छिन्। तर उनी चाँडैने विवाहको तयारीका लागि आमालाई साथ दिन जोधपुर पुग्नेतिर उनी चाँडै नै विवाहको तयारीका लागि आमालाई साथ दिन जोधपुर पुग्नेछिन्।

मंसिर १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्