के गोविन्दा माधुरीलाई मनपराउँथे?

भारतीय अभिनेता गोविन्दा भन्छन्, माधुरी दीक्षित उनलाई मनपर्ने अभिनेत्रीमध्येकी एक हुन्। यदि उनी अविवाहित हुन्थे भने माधुरीतर्फ उनको नजर जान्थ्यो जान्थ्यो।

गोविन्दाको रंगिला राजा चलचित्र प्रर्दशनको तयारीमा छ। यो चलचित्रको बारेमा बताउँदै गोविन्दाले भने, ‘अहिले राम्रा अभिनेत्रीहरु कमै मात्र छन्।’

गोविन्दा नाम सम्झन थाले, ‘निलम, करिश्मा, जूहि चावला, रविना टण्डन मेरा मनपर्ने अभिनेत्री हुन्, उनीहरुसँग मैले आधा दर्जन चलचित्रमा काम गरेको छुँ। जो आफ्नो समयमा धेरैँ नै हिट थिए।’ उनले भने, ‘माधुरी दीक्षित मलाई धेरै राम्री लाग्थ्यो। मेरो विवाह नभएको हुन्थ्यो भन्यो पक्का मेरो मन त्यतै जान्थ्यो। हिजोआज यस्तो सुन्दर हिरोइन कहाँ देख्न पाउनु।’

गोविन्दा र माधुरीले ‘बडे मिया छोटे मिया’ र ‘पापका अन्त’ चलचित्रमा साथ काम गरेका छन्।

गोविन्दाको लिस्टमा दीव्या भारती र श्रीदेवी पनि थिए। गोबिन्दा भन्छन्, ‘लण्डनमा एकपल्ट शो भइरहेको थियो। श्रीदेवीले मलाई बोलाइन्, हामीले रातभर रियलसल गर्‍यौँ। उनले मसँग डान्सको स्टेप सिक्न चाहन्छु भनेकी थिइन्। उनको पूरै परिवार त्यहा थियो र म पनि खुशी भएको थिए र डान्सको बारेमा म केही भन्दै थिए।’

लामो समय चलचित्र नगरीमा बिताइसकेका गोविन्दालाई लाग्छ कि उनले आफ्नो स्टारडमको सुख भोग्न पाएका छैनन्। उनी भन्छन्, ‘म स्टारडम भोग्न चाहन्छु। हुन सक्छ मेरो भाग्यमा यो छैन। नत्र चलचित्र लाइनमा जम्मा चार–पाँचजना साथी मात्र किन हुन्थे र? चलचित्र क्षेत्रमा मेरा थोरै साथीमात्र छन्।’

उनले भने, ‘मलाई प्रोफेशनल तरिकाबाट कोही कलाकार मन पर्छ भने त्यो सलमान खान हुन्। उनी जे बोल्छन्, त्यो गर्छन्।’

गोविन्दाले आफ्नो पहिलो तलबको बारेमा पनि बताए। उनले भने, ‘मैले पहिलो तलब पाउँने बित्तिकै आमाको लागि साडी किनेर ल्याएको थिएँ, मेलै मेरो गुरुलाई भेटेको थिएँ र मन्दिर र मस्जिद गएको थिएँ।’

आउन लागेको चलचित्र ‘रंगिला राजा’ को निर्देशक पहलाज निहालनीले गर्दै छन्। पहलाजले इल्जाम, आँखे शोला र शवनममा गोविन्दासँग काम गरिसकेका छन्।

कलाकार र निर्देशकको यो जोडी ‘रंगिला राजा’ मा फेरि आउने भएको हो । यसमा गोविन्दा डबल रोलमा देखिनेछन्।

चलचित्रमा शक्ति कपूर, मिशिका चौरसिया, अनुपमा अग्निहोत्री, दिगांग्ना सूर्यवंशी मुख्य भूमिकामा देखिनेछन्।

मंसिर १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्