भन्सार छलेर भित्र्याइएको सुर्ती र कपडा बरामद

जनकपुरधाम – धनुषामा १३ लाखको सुर्ती र कपडा बरामद भएको छ। जिल्लाको हंसपुर नगरपालिका–३ बाट सशस्त्र प्रहरीले सीमापारबाट भन्सार छलेर ल्याइरहेको ८ लाख मूल्य बराबरको कपडा र सुर्तीसहित अन्य १३ लाख बराबरको सामान बरामद गरेको छ।
ज१त ६४०५ नम्बरको ट्रयाक्टरसहित १ हजार ६ सय २० किलो काटेको सुर्ती तथा ५० हजार पर्ने १ सय कुर्ताको पिस, ८८ हजार पर्ने सुटका कपडा र ५ लाखको अन्य समानसहित कुल १३ लाख ४२ हजार ६ सय ८० मूल्य बराबरका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका उक्त सामग्रीहरु जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र सीमा प्रहरी कार्यालय मुजेलियाका प्रहरी नायव उपरीक्षक मोहनबहादुर क्षेत्रीले जनाएका छन्।