अक्षराको प्राइभेट फोटो लिक प्रकरणमा एक्स ब्वाईफ्रेण्डसँग सोधपुछ, दिए यस्तो जवाफ

कमल हासनकी छोरी अक्षराको प्राइभेट तस्बिर लीक प्रकरणमा प्रहरीले उनका एक्स ब्वाईफ्रेण्ड तनुज विरवानीसँग सोधपुछ गरेको छ ।

अक्षराले आफ्नो तस्बिर लीक भएको भन्दै मुम्बई प्रहरीमा साइबर क्राइमको मुद्धा दर्ता गराएकी थिइन् । केहीदिन पहिले उनको प्राइभेट तस्बिरहरु अनलाइन लीक भएका थिए । उक्त तस्बिरहरु सामाजिक सञ्जालमा छरपष्ट छन् ।

प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकै क्रममा अक्षराका एक्स ब्वाईफ्रेण्ड तनुज विरवानीसँग प्रहरीले सोधपुछ गरेको हो । अक्षरा र तनुज २०१३ देखि २०१७ सम्म रिलेशनशिपमा रहेका थिए ।

कमल हासन/तनुज विरवानी

मुम्बई प्रहरीका एक सीनियर अधिकृतका अनुसार अक्षरा २०१३ सम्म आईफोन ६ प्रयोग गर्थिन् । जसमा यी तस्बिरहरु थिए । अनुसन्धानका क्रममा ती तस्बिरहरु अक्षराले २०१३ मा नै तनुजसँग शेयर गरेकी थिइन् ।

‘यो तस्बिरहरु मेरो लागि मात्र थिए मैले लीक गरेको छैन । तस्बिर हेरीसकेपछि मैले डिलीट गरेको थिए । मैले पनि अक्षरालाई आफ्ना तस्बिरहरु पठाएको थिए । त्यो समय तस्बिर मात्र नभएर एसएमएस पनि एक्सचेन्ज हुनेगरेको थियो । जुन फोनमा अक्षराले तस्बिर पठाएकी थिइन् त्यो टुटीसकेको छ,’ प्रहरीसँगको सोधपुछका क्रममा तनुजले भनेका छन् ।

मंसिर २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्