दुर्घटनामा दुई जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा गएराती दुई जनाको मृत्यु भएको छ ।  खजुरामा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ पर्ने खजुरारोडमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक खजुराका प्रिन्स पौडेलको मृत्यु भएको हो ।

नेपालगञ्जदेखि खजुरातर्फ जादै गरेको भे १ त ३८२४ नम्बरको ट्याक्टरसँग विपरित दिशाबाट आइरहेको भे ६ प ४७२० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मोटरसाइकलमा दुई जना सवार थिए । चालक प्रिन्स र सवार अनिता थापा क्षेत्री दुवै घाइते भएपछि नेपालगञ्जको अस्पतालमा ल्याइएको थियो । अस्पतालमै उपचारको क्रममा प्रिन्सको मृत्यु भएको थियो । घाइते अनिताको उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ।

गएराती नै नेपालगञ्ज–१३ मा सागर चन्दको मृत्यु भएको छ । साइकल चलाइरहेका चन्द लडेर घाइते भएपछि अस्पताल लगिएको थियो । मापसेसमेत गरेका चन्दको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

चन्दले साहिल कुरैसीले सञ्चालन गरेको पोल्ट्रीफर्ममा काम गर्थे । चन्द आफै साइकल लडेर मृत्यु भएको हो या कसैले ठक्कर दिएर हो भन्ने बारेमा प्रहरीले घटनास्थलमा गएर अनुसन्धान शुरु गरेको छ ।

मंसिर २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्