मेरो माइक्रोफाइनान्सद्वारा शेयर जारी

काठमाडौँ – मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १ दशमलव १ को अनुपातमा साविकका शेयरधनीहरुलाई शेयर जारी गर्ने भएको छ।

सो हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड र वित्तीय संस्थाबीच आइतबार सम्झौता भएका छन्।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।

कात्तिक ९ गर्ने सम्पन्न कम्पनीको छैटौँ साधारणसभाबाट हाल कायम रहेको चुक्ता पुँजी २८ करोड ६० लाख को १५ प्रतिशतले हुने ४ करोड २९ लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो।

सो पश्चात हुने चुक्ता पूँजी रु ३२ करोड ८९ लाखको शत–प्रतिशत हकप्रद शेयर निश्कासन गदा चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ।

मंसिर २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्