जन्मकैदको सजाय पाएका बाबा रामपाल समर्थकद्वारा जनकपुरमा प्रदर्शन

जनकपुरधाम – हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल जीवन बिताइरहेका भारतमा बाबा रामपाल भनेर चिनिने रामपाल सिंह जतिनका समर्थकहरुले जनकपुरमा प्रदर्शन गरेका छन्।

आस्थालाई बन्दी बनाउन नपाइने प्रदर्शनकर्ताको माग छ। प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका अनुयायी तथा उनका समर्थकले जनकपुरमा प्रदर्शन गरेका छन्।

रामपाललाई सजाय सुनाइएको एक वर्ष पुगेकै दिन उनीहरुले ‘कालोदिन’ भन्दै प्रदर्शन गरेका हुन्। रामपाल दोषी नभएकाले उनीहरुको कथन थियो। प्रदर्शनकारीले उनको रिहाईका लागि पहल गर्न नेपाल सरकारसँग माग गरेका छन्।

चार महिला र एक १८ महिने शिशुसहित १९ जनाको हत्या आरोपमा भारतको हरियाणास्थित एक अदालतले रामपाललाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएपछि गत वर्षदेखी उनी जेलमा छन्।

मंसिर २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्