हस्तकला व्यापार मेलामा ९ करोडको कारोबार

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘हस्तकला व्यापार मेला’मा करिव ९ लाख रुपैयाँको करोबार भएको छ । विदेशीसहित करिव २ सय स्टल रहेको मेलामा डेढ लाखले अवलोकन गरेका छन्।

मेलामा हातले बुनिएका बस्तुहरुको प्रदर्शनी गरिएको छ। नेपालको पहिचान गराउने नेपाली उत्पादनहरु र नेपालबाट अत्याधिक मात्रामा विदेश निर्यात हुने वस्तुहरु प्रदर्शनीमा राखिएको मेलाका सञ्चार संयोजक होमनाथ उपाध्यायले जानकारी दिए।

मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुले पनि स्टल राखेका थिए ।मेला सफल भएकै कारण निरन्तर आयोजना गर्न संभव भएको उपाध्यायले बताए।

५ दिनसम्म चलेको मेलामा मेलामा काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मुख्य आकर्षणका रुपमा राखिएका थिए।

नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ। नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अरव बराबरको खरिद विक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात हुने गरेको छ।

 

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्