जोकोविचलाई पाखा लगाएर युवा खेलाडी एलेक्जान्डर बने च्याम्पियन

टेनिसमा नयाँ सनसनी बनेर उदाएका छन् जर्मनीका २१ वर्षे खेलाडी एलेक्जान्डर स्वेरेभ । उनले एटिपी फाइनल्समा दुई परिपक्क खेलाडीलाई पन्छ्याउँदै उपाधि उचालेका छन् ।

सेमिफाइनलमा स्वीस रोडर फेडेररलाई पाखा लगाएका स्वेरेभले फाइनलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राखे । उनले विश्व नम्बर एक नोभाक जोकोविचलाई हराउँदै उपाधि उचालेका छन् ।

३१ वर्षका सर्बियाली जोकोविचमाथिको जित स्वेरेभको खेल जीवनकै सबैभन्दा ठूलो जित होे । यसअघि पाँच पटक उपाधि उचालेका जोकोविच स्वेरेभसँग ६–४ र ६–३ को सेटमा पराजित भए । उनले शनिबार भएको सेमिफाइनलमा फेडेररलाई हराएका थिए ।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्