एनआईसी एशिया बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)बीच सम्झौता

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ६५ वटै शाखाहरुबाट सहज रुपमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिदगर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे ।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्