पञ्जाबमा चरमपन्थी आक्रमण, तीनजनाको मृत्यु

भारतको पञ्जाबमा भएको चरमपन्थी आक्रमणमा तीनजनाको ज्यान गएको छ । सिख समुदायको प्रमुख धार्मिक शहर अमृतसरबाट १० किलोमिटरको दूरीमा पर्ने गाउँको निरंकारी भवनमा चरमपन्थी आक्रमण भएको हो ।

आक्रमणमा कम्तिमा १९ जना घाइते भएका छन् । आइतबार भवनमा सत्संग भइरहेका बेला आक्रमण भएको हो । आक्रमण भएका बेला भवनमा सयौँ मानिस थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

मोटरसाइकलमा आएका दुईजनाले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुले साप्ताहिक सत्संग भइरहेको भवनमा प्रवेश गरेर मञ्च तर्फ ग्रिनेड फालेको र त्यो विस्फोट हुँदा तीनजनाको ज्यान गएको हो ।

पञ्जाब प्रहरीले आक्रमणको अनुसन्धान आतंकावादी गतिविधि अन्तर्गत गरिएको बताएको छ ।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्