कमेडियन कपिल शर्मा अब ‘कौन बनेगा करोडपति’मा देखिने, विवाहपछि शो लिएर आउँदै

एजेन्सी- भारतीय चर्चित कमेडियन कपिल शर्मा चाँडै नै चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’मा देखिने भएका छन्। उनी ‘कौन बनेगा करोडपति’को करमवीर एपीसोडमा देखिने भारतीय सञ्‍चारमाध्‍यमले उल्लेख गरेको छ।

कपिल शर्माले सामाजिक सञ्‍जालमा एक भिडियो शेयर गर्दै सो कुराको जानकारी दिएका हुन। उनले भनेका छन्, ‘ एक पटक फेरि कौन बनेगा करोडपतिमा आउने मौका मिलेको छ, अमिताभ वच्‍चनसँग भेट्‍ने अवसर जुटेको छ।यो सबै तपाईहरुकै माया र आशीर्वादले हो। तपाईहरुलाई धेरै धेरै धन्‍यवाद। अमिताभ साँच्‍चै नै महानायक हुनुहुन्छ।’

यसपटक करमवीर एपीसोडमा द अर्थ सेभवियर्स फाउन्डेशनको फाण्डर रवि कालरा हुनेछन्। साथै यसको हट सीटमा उनका सहायक भएर कपल शर्मा तथा चन्दन प्रभाकरले आफ्‍नो दमदार प्रस्तुति दिनेछन्। कपिलका अनुसरा यसको ग्रान्ड फिनाले उक्त एपीसोड २३ नोभेम्बरमा प्रसारण हुनेछ।

यस्तै रवि कारलालाई कपिलले भगवानको उपमा दिएका छन्। उनले भनेका छन्, ‘उनले ठूला मानिसहरुलाई साहारा दिन्छन्। जसलाई धनी छोराले बाआमालाई वृद्धाआश्रम छाडेर जान्छन्। उक्त शोमा हल्का हसाउने दृश्‍य पनि देखिएको छ।’

कपिल शर्माले चाडै नै आफ्‍नो कमेडी शो लिएर आउँदैछ। यसअघि उनले डिसेम्बरमा आफ्‍नो विवाह १० डिसेम्बरमा गर्नेछन्। मुम्बइ मिररका अनुसार कपिल अमृतसरमा १४ डिसेम्बरमा रिसेप्शन पार्टी दिनेछन्। साथै विवाहको

विवाहपछि आउँनेछ कपिल शर्माको शो

विवाहको लगत्तै उनले सानो पर्दामा आफ्‍नो कमेडी शो लिएर आउनेछन्। कपिलको उक्त कमेडी शोलाई सलमान खान प्रोडक्शन हाउसले कार्यक्रम उत्पादन गर्नेछ।

आगामी महिना १६ डिसेम्बरमा कपिल सुटिङमा जानेछन्। पहिला कपिल आफैले उक्त शोको उत्पादन गर्दथे। तर ‘फ्यामिली टाइम विथ कपिल शर्मा’को प्रोडक्शनको जिम्‍मेवारी भने अरु च्‍यानललाई दिइएको थियो।

 

View this post on Instagram

 

Will not say she is my better half .. she completes me .. love u ginni .. please welcome her .. I love her so much 😊

A post shared by Kapil Sharma (@kapilsharma) on

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्