ए डिभिजन लिग फुटबल

सशस्त्र प्रहरी क्लबद्वारा फ्रेण्ड्स पराजित

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा सशस्त्र प्रहरी क्लब विजयी भएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा खेलमैदानमा भएको सो प्रतियोगितामा सशस्त्र प्रहरी क्लबले फ्रेण्ड्सलाई १–० गोल अन्तरले हराएको हो।

प्रविण स्याङ्तानले खेलको इञ्जुरी टाइममा १ गोल गरेर सशस्त्र प्रहरी क्लबलाई जीत दिलाएका थिए। लिगमा सशस्त्र प्रहरी क्लबको यो पहिलो संघर्षपूर्ण जीत हो।

मंसिर ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्