तत्काल हिउँदे पानी पर्ने सम्भावना छैन : मौसमविद

फाइल फोटो

काठमाडौँ – तत्काल हिउँदे पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

हिउँदे पानी अर्थात जाडो मज्जाले सुरु हुनु पूर्व पर्ने पानीका लागि पश्चिमी वायुको प्रभाव चाहिने भए पनि अहिले नै त्यस्तो सम्भावना नरहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

तर हावा चल्ने र जलवाष्प आउने क्रम सुरु भएकाले चाँडै नै हिउँदे पानी पर्ने गरी पश्चिमी वायुको प्रभाव पर्ने सम्भावना भने रहेको मौसमविद श्रेष्ठले बताए ।

यस्तै जाडो त्यति नबढे पनि दिउँसोको अधिकतम तापक्रम घट्ने क्रम जारी रहेकाले दिनप्रतिदिन चिसो हल्का बढ्दै गएको उनले बताएका छन् । न्युनतम तापक्रम भने त्यति घटेको छैन ।

मंगलबारको कुरा गर्दा काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

देशमा पूर्वी भागमा भने आंशिक बदली भइ एक–दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । बिहानको समयमा तराईका क्षेत्रमा हुस्सु तथा गुहिरो लागे पनि दिउँसो सफा हुने विभागले जनाएको छ ।

मंसिर ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्