कोही नभएको घरमा भीषण आगलागी, करिब २ घण्टापछि आगो नियन्त्रण

उर्लाबारी (मोरङ) – मोरङको उर्लाबारी लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ।

उर्लाबारी–७ को इटहरा रोडमा भक्तिराम अधिकारीको पसलमा आगलागी भएको हो। आगलागीबाट अधिकारीको हेलसेल किराना पसलमा पूर्ण रुपमा क्षति भएको छ।

करिब पौने २ बजेतिर किराना पसलबाट आगलागी सुरु भएको उर्लाबारी प्रहरीले जनाएको छ। दमक, बिर्तामोड, र इटहरीबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ।

कति क्षति भयो भन्ने विषयमा यकिन भएको छैन। घरमा कोही नभएका कारण के कारण आगलागी भएको भन्ने बारेमा पनि केही जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

मंसिर ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्