खाशोग्गीको हत्यामा युवराजको भुमिकाबारे सिनेटरले ट्रम्पसँग मागे जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिनेटरहरुले पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को भूमकामा रहेको–नरहेको जानकारी गराउन माग गरेका छन् ।
सिनेटको परराष्ट्र सम्बन्ध समितिमा रहेका रिपब्लिकन तथा डेमोक्र्याटिक नेताहरुले पत्रकार खाशोग्गी हत्याको घटनामा दोस्रो अनुसन्धानको माग गर्दै पत्र पठाएका छन् ।
यसअघि राष्ट्रपति ट्रम्पले साउदी अरेबियासँग अमेरिकाको सहकार्यकामा जोड दिँदै क्राउन प्रिन्स एमबिएसको बचाउ गरेका थिए । ट्रम्पले खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएसको संलग्नता रहे नरहेको थाहा नभएको तर जे भए पनि साउदी अरेबियासँगको सम्बन्ध यथावत रहने बताएका थिए ।
त्यसपछि सिनेटको परराष्ट्र सम्बन्ध कमिटिको तर्फबाट रिपब्लिकन सिनेटर बब कोर्कर र डेमोक्र्याट सिनेटर बब मेनेनडेजले घटनाका सम्बन्धमा दोस्रो अनुसन्धानको माग गर्दै पत्र पठाएका हुन् । ग्लोबल म्याग्निस्ट्स्की ह्युमन राइट एकाउन्टाबिलिटी एक्ट अनुसार अनुसाधान गर्न आग्रह जारी गरिएको हो । यसको जवाफ १२० दिन भित्र दिनुपर्छ ।
New: @SenBobCorker + @SenatorMenendez, top GOP + Dem on Senate Foreign Relations Committee, trigger 2nd sanctions investigation by Trump admin, specifically on whether Crown Prince MBS ordered #Khashoggi‘s killing. “We expect to receive your determination within 120 days.” pic.twitter.com/3YlHAn4FWN
— Conor Finnegan (@cjf39) November 20, 2018
साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो । हत्यामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन । विभिन्न अनुसन्धानमा हत्या साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा भएको दाबीसहितका खबर आएका छन् ।
तर साउदी अरेबियाले भने त्यसको स्पष्ट रुपमा खण्डन गरेको छ र खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससहित राजपरिवारका कुनै पनि सदस्यको कुनै पनि रुपमा संलग्नता नरहेको बताएको छ ।
I firmly believe there will be strong bipartisan support for serious sanctions against Saudi Arabia, including appropriate members of the royal family, for this barbaric act which defied all civilized norms.
— Lindsey Graham (@LindseyGrahamSC) November 20, 2018
खाशोग्गी हत्या प्रकरणको ढाकछोपमा साउदी अरेबिया लागेको र त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि साथ दिइरहेको आरोप लाग्दै आएका बेला ट्रम्पले वक्तव्य जारी गरेर साउदी अरेबिया अमेरिकाको ‘दृढ सहयात्री’ रहेको बताएका हुन् । साउदी अरेबियाले अमेरिकामा ठूलो रकम लगानी गर्ने सहमति गरेको छ ।
ट्रम्पले क्राउन प्रिन्स एमबिएसको बचाउ पनि गरेका छन् । ट्रम्पले जारी गरेको वक्तव्यमा एमबिएसको स्पष्ट रुपमा बचाउ गरेका छन् भने साउदीले भने जस्तै हत्या भएका पत्रकार खाशोग्गी ‘देशको शत्रु’ रहेको पनि उल्लेख गरेका छन् । खाशोग्गीको हत्यामा कुनै पनि हिसाबले क्राउन प्रिन्स एमबिएसको संलग्नता नदेखिने पनि ट्रम्पले वक्तव्यमा उल्लेख गरेका छन् ।
खाशोग्गीको हत्यासँग जोडिएका सबै तथ्यहरु आफहरुलाई थाहा नभएको र जस्तोसुकै अवस्थामा पनि साउदी अरेबियासँगको सहकार्य बलियो रहने ट्रम्पको भनाई छ ।