नेपाल पुनर्बीमा सर्वाधिक कर तिर्ने कम्पनी

काठमाडौं-नेपाल सरकारले विभिन्न विधाबाट कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ।

सातौ राष्ट्रिय कर दिवसको अवसरमा बीमा व्यवसायतर्फबाट यस वर्ष राज्यलाई सर्वाधिक कर बुझाउने कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी अग्रणी भएको हो।

आन्तरिक राजस्व विभागले तयार गरेको सुची अनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा व्यापार लगायतका क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्थाहरु छनोट गरी हरेक वर्ष विभागले सम्मान गर्दै आएको छ।

सम्मानित व्यक्ति तथा कम्पनीलाई नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए।

मंसिर ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्