एनसीसी र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंक एस्योरेन्स

काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंक इन्स्युरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी मंसीर ३ गतेका दिन सम्झौता भएको छ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरे।

मंसिर ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्