मिथिलाञ्चलमा समाचकेवा पर्व

जानकीको आँगनमा मन्त्री र सांसदले खेले सामाचकेवा

जनकपुर – मिथिलाञ्चलको लोकपर्व सामाचकेवा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिन्छ । कार्तिक शुक्लपक्ष पञ्चमी तिथीमा सुरु भई कार्तिक पूर्णिमासम्म चल्ने लोकपर्व सामाचकेवा प्रदेश २ का महिला सांसदले समेत खेलेका छन् ।

बुधबार अबेर राति जानकी मन्दिरको प्रांगणमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवल किशोर साहको उपस्थितिमा महिला सांसद रानी तिवारी लगायत, जनकपुरका उपप्रमुख रीता मिश्र तथा राजापका नेतृहरुले सामाचकेवा खेलेका छन्।

राष्ट्रिय महिला संघ धनुषाको आयोजनामा मिथिलाको प्रमुख पर्वहरु मध्ये भाइबहिनीको प्रेमको पर्व समाचकेवामा प्रदेश २ का सांसद र नेतृसँगै जनकपुरकका सयौँ दिदीबहिनीले जानकीको अंगनामा सामाको गीत गाउँदै ‘डाला’ फेरेका छन् ।

आयोजक महिलाहरुले सामाचकेवा सजाइएको डाला लिई जानकी मन्दिरको आंगनबाट गीत गाउँदै विधिवत रुपमा प्रांगणमा प्रवेश गरेर सामा खेलेकी छन् । यस्तै, सांसद रानी तिवारी, जनकपुरधामाकी उपप्रमुख रीता मिश्र र राजपा नेतृहरु विभा ठाकुर, विभा पाण्डे, सरिता शर्मा, विन्दु ठाकुरले मञ्चबाट समाको गीत गाएकी छन् भने कानुन मन्त्री यादव र सामाजिक विकास मन्त्री साहले आफुहरु भाईको रुपमा यहाँ उपस्थित भएको बताए ।

मन्त्री यादवले सामाचकेवा पर्व बहिनीको रक्षा गर्न भाइले खेलेको भूमिका झैँ बुधबार आफू पनि दिदीबहिनीको माझ समाचकेवामा उपस्थित भएको बताए । उनले भने, ‘यो पर्व महिला सशक्तिकरणको लागी अति नै महत्व राख्दछ, यसलाई हामीले जोगाउनु पर्छ ।’ मिथिलाञ्चलवासी तथा थारुले मनाउने समाचकेवा पनि दसैँ–तिहार तथा छठ झै महत्व बोकेको उने उल्लेख गरे ।

समाजमा व्याप्त विभिन्न समस्या तथा भ्रमलाई चिर्न प्रेमरुपी सम्बन्ध र शक्तिको ठूलो भूमिका हुन्छ, सामाचकेवाको कथाले पनि यही संदेश दिँदै आएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताए ।

मिथिला मधेशका दिदीबहिनीहरुले आ–आफ्नो दाजुभाईको दीर्घायुका लागि १० दिनसम्म मनाउने यो पर्व मुख्य पर्व रहे पनि आधुनिकता संगै हराउँदै गएकोप्रति प्रदेश २ की सांसद रानी तिवारीले चिन्ता व्यक्त गरिन् । उनले यो पर्व दिदीबहिनीको माइतीसँगको सम्बन्ध प्रगाढ बनाउन ठूलो भूमिका खेल्दै आएको र यो पर्व रक्षाबन्धन र भाइटीका झै ठूलो महत्व बोकेको बताइन् ।

जनकपुरधामका प्रमुख लालकिशोर साहले सामाजिक पर्व छठदिपावली झै मनाउन सबैमा आग्रह गरेका छन् । यस्तै, उपप्रमुख रीता मिश्रले मिथिलाञ्चलको मैथिली संस्कृति अन्तर्गत सामाचकेवा मात्र पर्व नभई सौहाद्रपूर्ण वातावरण समेत निर्माण गर्दै आएको बताइन् । मिश्रले भनिन्, ‘तीजमा माइती आएर तीज मनाए झैं मथिलामा सामाचकेवा खेल्न दिदीबहिनी माइती आउने गर्छिन र वर्षौ नभेटेको संगीसाथी सँग भेट्ने, गीत गायने भाइको लागी कामना गर्ने गर्छिन् । हामीले यसलाई लोप हुनबाट जोगाउनु पर्दछ ।’

मिथिलाञ्चलको लोकपर्व सामाचकेवा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानाईंदै छ । कार्तिक पञ्चमी देखि सुरु भई दश दिनसम्म चल्ने समाचकेवाको एघाराँै दिन पूर्णिमामा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुने गर्दछ ।

मंसिर ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्