मैदानमा मनाङ मर्स्याङ्दी र थ्री स्टार (फोटो फिचर)

मनाङ र थ्री स्टारबीचको खेल। तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्चार
काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा बिहीबारबाट तेस्रो चरण प्रारम्भ भएको छ। पल्सर ए डिभिजन लिगको बिहीबारको खेलमा चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भयो।
निकै प्रतिस्पर्धात्मक खेलमा मनाङले थ्री स्टारलाई २–१ ले पराजित गर्यो। एन्फा मैदान सातदोबाटोमा सम्पन्न खेलमा मनाङका लागि अञ्जन बिष्टले एक गोल गरे। अर्को गोल चाहिँ थ्री स्टारले आत्मघाती गोल गर्दै उपहार दियो।
थ्री स्टारका रजिन धिमालले ८५औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग १ गोल फर्काए। तर, अन्तिम समयसम्म संघर्ष गरेको थ्री स्टारले नतीजा चाहिँ मनाङलाई सुम्पिन बाध्य भयो।
मनाङ सबै खेलमा जीत हासिल गर्दै लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ। यसअघि समान ६–६ अंक भएपनि गोलअन्तरका आधारमा थ्री स्टार तालिकाको शीर्षस्थानमा थियो।