महोत्तरीको विभिन्‍न स्थानबाट ८ हजार अवैध घरेलु मदिरा नष्ट

जनकपुरधाम-महोत्तरीको विभिन्न ठाउँमा उत्पादन गरिएको घरेलु मदिरालाई नष्ट तथा मदिरा बनाउने मेसिनलाई नियन्त्रणमा लिइएको छ।

अवैधरुपमा घरेलु मदिराको उत्पादन तथा विक्रि वितरण भईरहेको उजुरी एवं सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जिल्लाको विभिन्न स्थानबाट अबैध रुपमा उत्पादन गरेको मदिरा, मदिराजन्य पदार्थ एवं निर्माण सामाग्रीहरुलाई नियन्त्रणमा लिई नष्ट गरेको हो।

महोत्तरी जिल्लाको विभिन्न स्थानबाट करिब ८ हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरिएको र मदिरा बनाउन प्रयोग हुने ५ वटा मेसिन नियन्त्रणमा लिएको प्रहरीले जनाइको छ।

ईलाका प्रहरी कार्यालय रामगोपालपुर तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको टेलीले जिल्लाको औरही नगरपालिका ९ स्थितलंका टोलमा अवैध रक्सी भट्टीको खानतलासी गर्दा रक्सी बनाउन राखेको कच्चा पदार्थ करिब ४ हजार लिटर भएको २१ ड्रम, मदिरा बनाउन प्रयोग हुने ११ वटा खालि ड्रम र २ वटा मदिरा बनाउने मेसिन नियन्त्रणमा लिएको छ।

जिल्लाको वर्दिबास नगरपालिका वडा नं. १२ स्थित बिजलपुरा जङगलमा अबैध रुपमा सञ्चालित रक्सी भट्टीबाट कच्चा पदार्थ २२ ड्रम, बनाउने क्रममा रहेको ३८ सय लिटर कच्चा मदिरा नष्ट गरिएको छ, भने २ सय ५० लिटर तयारी अवस्थामा रहेको मदिरा, २२ वटा खाली ड्रम र ३ वटा रक्सी बनाउने मेसिन नियन्त्रणमा लिएको जनाइएको छ।

मसिंर ५ गते देखी प्रहरी परिचलान गरी करिब ८ हजार मदिरा नष्ट गरिएको र थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय, प्रदेश नं. २ जनकपुरका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले जानकारी दिए।

मंसिर ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्