देवीनगरमा पनि एनआई सी बैंकको शाखा

काठमाडौं – एनआई सी एशिया बैंकले पाँच नम्बर प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बिहीबार बैंका प्रमुख जयन्द्र रावलले बुटवल उपमहानगर पालिका– ११ रुपन्देही स्थित देवीनगरमा नयाँ कार्यालयको उद्घाटन गरेका हुन् ।

निजी क्षेत्रको ठूलो बैंकका रुपमा स्थापित एनआइर्सीको चुक्ता पुँजी २१० अर्ब भन्दा बढि पुगेको छ । बैंकले निक्षेप स्वरुप १६८ अर्ब संकलन गरेको छ भने १४३ अर्ब कर्जा प्रवाह गरेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउ पलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाकार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

एनआई सीका २६६ शाखा, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

मंसिर ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्