टोटनह्यामसँग हार्‍यो चेल्सी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्यामले चेल्सीलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले चेल्सीलाई ३–१ ले हराएको हो ।

टोटनह्यामको जितमा डेल अली, ह्यारी केन र सन हेङ–मिनले गोल गरे । यस्तै चेल्सीका लागि ओलिभर जिरउडले एक गोल फर्काए । जितपछि तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको १३ खेलबाट ३० अंक भएको छ ।

पराजित भएको चेल्सीको २८ अंक छ र उ चौथो स्थानमा झरेको छ । अर्को खेलमा एभर्टनले कार्डिफलाई १–० तथा फुलह्यामले साउथह्याम्पटनलाई ३–२ ले हरायोे ।

मंसिर ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्