शरीर जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु

सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ ।
तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको मृत्यु भएको हो ।

गएको आइतबार रास्कोट नगरपालिका–५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन् । श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानकारी दिए ।

“भिडियो एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बालिका दुवैको मुटु जोडिएको थियो”, उनले भने, “मुटु जोडिएकाको शल्यक्रिया गर्न सकिँदैन ।” ललिताको ज्यान जोगाउन चिकित्सक सफल भएका थिए ।

मंसिर १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्