हेल्थ टिप्स

खाली पेटमा लसुन खानुका सात फाइदा

काठमाडौँ – सामान्यतया हामीले खानाका विभिन्न परिकार तेलमा भुट्ने क्रममा अथवा ग्रेभी बनाउन लसुनको प्रयोग गर्ने गरेका हुन्छौँ । लसुनले कुनै पनि खानाका परिकारहरुलाई स्वादिष्ट बनाउन सहयोग गर्छ ।

तर लसुनमा यति धेरै गुणकारी तत्व रहेका हुन्छन् जसले  हामीलाई विभिन्न रोगहरुबाट मुक्त गराउँछ ।

आयुर्वेदमा त लसुनलाई औषधी नै मानिएको छ । हामीले कुनै न कुनै रुपमा आफ्नो खानामा लसुनलाई मिसाउन आवश्यक छ । तर बिहान सबेरै खाली पेटमा लसुन खानाले हामीलाई सबैभन्दा धेरै फाइदा पुगाउँछ ।

यहाँ लसुनका सात फाइदा बारे चर्चा गरिएको छ ।

१) मुटु रहन्छ स्वस्थ


 

लसुनले मुटुसँग सम्बन्धित रोगहरुलाई दूर गर्छ । लसुन खानाले रगत स्वस्थ रहन्छ र हर्ट अट्याकको खतरा कम भएर जान्छ । लसुन र महको मिश्रण खानाले धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुगाउँछ ।

२) उच्च रक्तचापबाट छुटकारा


लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्वत गर्छ । चिकित्सकहरुले उच्च रक्तचापबाट पीडित व्यक्तिहरुलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।

३) पेटको बिरामीहरु छूमन्तर


पेटसँग सम्बन्धित बिरामीहरु जस्तै डायरिया, कब्जियको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी छ । पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । लसुनले शरीरमा रहेको हानिकारक तत्वहरुलाई बाहिर निकाल्न पनि मद्वत गर्छ ।

४) पाचन प्रणालीमा सहयोगी


लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्राे हुन्छ र यसले खानामा रुची पनि बढाउँछ ।

५) टेन्सन (तनाब)बाट छुट्टी


यो कुरा थाहा पाएर हामीलाई अचम्म लाग्न सक्छ कि लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । हो, कतिपय अवस्थामा हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिदैँन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।

६) दाँतको दुःखाईबाट छुटकारा


लसुनमा एन्टीबैक्टीरियल र दुःखाई कम गर्ने गुण पनि रहेको हुन्छ । यदि दाँतको दुःखाई छ भने लसुनलाई पिसेर दुःखाई भइरहेको दाँतमा लगाउँदा केही समयमै दुःखाई हटेर जान्छ । यति मात्रै होइन खाली पेटमा लसुनको सेवनले नसा झमझमाउने समस्या पनि हराएर जान्छ ।

७) रुघाखोकीमा राहत


लसुनले स्वाससँग सम्बन्धित रोगहरुको रोकथाममा पनि सहायक भूमिका निभाउँछ । यस्तै रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि लसुनले प्राकृतिक औषधीका रुपमा काम गर्छ ।

मंसिर १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्