अहिलेको मौसम चरा प्रेमीका लागि उपुयक्त छ । चिसो छल्न बेसी झरेका चराहरु तथा आप्रवासी चराहरु पनि यो समयमा हेर्न पाइन्छ । यस्तै स्थानीय रैथाने चारहरुको चलपहल त हुने नै भयो ।

विशेष गरी खोला किनार, फाँटहरु, तालतलैयाका छेउछाउ, जंगलको आसपासमा चराहरु बढी देख्न पाइन्छ । काठमाडौँ उपत्यकामा बागमती किनार छेउछाउमा चराहरुको बढी देखिन्छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले पशुपति क्षेत्रमा खोला छेउमा खेलिरहेका चराका केही तस्बिर खिचेकी छन् ।