मन्त्री अधिकारीलाई कालो झण्डा देखाउने ६ जना पक्राउ

पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा देखाएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना सार्वजनिक कार्यक्रममा सहभागी हुन पोखरा पुगेका अधिकारीलाई सिर्जना चोकमा कालो झण्डा देखाएका थिए ।

कालो झण्डा देखाउने ६ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा नयाँ शक्ति नेपालका विद्यार्थी नेताहरु रहेका छन् । नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट रहेको प्रहरीले जनाएको छ।

नयाँ शक्तिले पनि वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउँदा आफ्ना कार्यकर्ता पक्राउ परेको बताएको छ ।

मंसिर १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्